ग्रिनल्याण्ड एकल नृत्य प्रतियोगिता, २०७७

Competition Notice

नियमहरूः

१. प्रतियोगी बिद्यार्थीले २०७७ भाद्र २७ गते शनिबार बेलुका ६ बजे सम्ममा विद्यार्थीको नाम, कक्षा, गीतको बोल लेखेर आफ्नो One Drive मा UPLOAD गरी लिंक पठाउनु पर्नेछ ।

२. प्रतियोगी बिद्यार्थीहरूले कुनै पनी नेपाली गीतमा १ देखी ३ मिनेटसम्म नृत्य गरेर पठाउनु पर्नेछ ।

३. नृत्यका क्रममा घरमा उपलब्ध ड्रेसमा घरको छतमा वा बाहिर खुला ठाँउमा गर्न सक्नु हुनेछ ।

४. छात्रछात्रा दुबैले भाग लिन सक्नेछन् यसलाइ नृत्य, अभिनय र कमेडी शैलीमा पनि प्रस्तुत गर्न सकिनेछ ।

५. नृत्यको भिडियो छायांकन गर्दा मोबाइल, क्यामरा Horizontal position मा राख्नुपर्नेछ, अडियो स्पष्ट हुनुपर्नेछ, साथै भिडीयो one-line हुनुपर्नेछ र सम्पादन (Edit) गरियको भिडियो मान्य हुने छैन।

६. सबै नृत्य Greenland को Facebook page मा भाद्र २९ गते सबै भिडियो upload गरिनेछ र video upload भएको समयदेखि असोज ९ गते साँझ ९ बजेसम्म प्राप्त like को आधारमा विजेता घोषणा गरिने । सम्बन्धित Video लाइ Share र Mention गर्न सकिनेछ र Like जो सुकैले गरे पनि काउट गरिने छ ।

७. कक्षा UKG, ONE समूह क , कक्षा २ र ३ समूह ख, कक्षा ४ र ५ समूह ग,  कक्षा ६ र ७ समूह घ,  कक्षा ८,९ र १० समूह ङ बाट सर्टिफिकेट र मेडलले पुरस्कृत गरिनेछ ।

८. VIDEO UPLOAD गरी कसरी लिंक पठाउने भनी जान्नका लागि YouTube मा Greenland High School को Channel मा गएर “How useful is One Drive?” भन्ने भिडियो हेर्नुहोला ।

९. One Drive मा Upload गरिएको भिडियोको लिंक (chitra.maski@greenland.edu.np) मा पठाउनु पर्नेछ ।

थकिन कुमार गुरूङ
प्रिन्सिपल
9851063537

Leave a Reply

Your email address will not be published. Required fields are marked *