आदरणीय अभिभावकज्यूहरू,
शैक्षिकसत्र २०७९ सालको प्रथम त्रैमासिक परीक्षा श्रावण १२ गते बिहिबारदेखि परीक्षा सञ्चालन हुने कुरा जानकारी गराउँदछौँ । श्रावण १२ गते शुरू हुने परीक्षा श्रावण २० गते समाप्त हुनेछ भने श्रावण २१,२२,२३ र २४ गते बिदा हुनेछ भने श्रावण २५ गते बुधबारदेखि कक्षा शुरू हुनेछ । नयाँ भर्ना प्रकृया र पाठ्यपुस्तक समयमा उपलब्ध हुन नसकेका कारण प्रथाम त्रैमासिक परीक्षा केही ढिलो हुन गएको छ भने उकत परीक्षा कक्षा ८,९ र १० बिहान सञ्चालन हुनेछ भने कक्षा नर्सरीदेखि कक्षा ७ सम्मको परीक्षा १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ । बस्तुगत परीक्षा (Objective MCQ) VIVA & ASSIGNMENT परीक्षा समाप्त भएको छ भने कसैको छुटेको भए सम्बन्धित विषय शिक्षकसँग सम्पर्क गरि परीक्षा दिन सक्नु हुनेछ ।
- विषय शिक्षकको सम्पर्क नम्बर www.greenland.edu.np मा गएर Our Staffs बाट लिन सक्नु हुनेछ भने Microsoft Teams को Chat मा गएर नाम टाइप गर्न भएमा सम्पर्क नम्बर पाउन सक्नु हुनेछ ।
- श्रावण ११ गते परीक्षासम्बन्धि सिट व्यवस्थापनका लागि परीक्षा तयारी बिदा गरिएको जानकारी गराउँदछौँ ।
- विषयगत (Subjective) परीक्षाको परीक्षा रूटिङ WhatsApp group र विद्यालयको Facebook page मा पाउन सक्नुहुनेछ ।
- श्रावण ११ गते बुधबार बिहान ८ बजदेखि बेलुका ६ बजेसम्म विद्यालय लेखा शाखा खुला रहने कुरा जानकारी गराउँदछौँ । थप जानकारीका लागि माधव सर 9851218056 र रमेश सर 9851109452 लाइ सम्पर्क गर्न सक्नु हुनेछ ।
- प्रवेश पत्र बिना परीक्षामा सामेल नगरिने कुरा जानकारी गराउँदछौ । कुनै व्यवहारिक कठिनाइ भए विद्यालय प्रशासनमा सम्पर्क गर्न सक्नु हुनेछ ।
धन्यबाद
थकिन कुमार गुरूङ
9851063537

