ग्रीनल्याण्डलार्इ उपाधि

ग्रिनल्यान्ड र भ्याली पब्लिक बास्केटबल च्याम्पियन

भाद्र २२, २०७९

काठमाडौँ — ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो केभीकेएसएस अन्तरस्कुल बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । बुधबार ग्रिनल्यान्ड सिनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्स मा च्याम्पियन बनेका हुन् ।

धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले किङडमलाई ४६–४२ स्कोरले हरायो । ग्रिनल्यान्डका दिवस भुजेल १७ स्कोर गरे ।

सिनियर गर्ल्स को फाइनलमा लोरिसा गौचनको ८ स्कोर मदतमा भ्याली पब्लिकले एचएचसीएलाई २२–७ स्कोरले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दिवस र लोरिसा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

विजेतालाई टोखा नगरपालिकाका उपमेयर मुरारि तामाङ, प्याब्सनका उपाध्यक्ष थकिनकुमार गुरुङ, त्रियोगका निर्देशक अजित लामा, केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठलगायतले पुरस्कृत गरे ।