Message From Principal's Desk....

मेरो अपिल......

वि.स.२०५० सालमा स्थापना भएको धापासीमा अवस्थित ग्रिनल्याण्ड स्कुल २३ वर्ष पुगेर २४ वर्षको लक्क जवान भएको छ । प्रा.डा. मुकुन्द प्रसाद गजुरेलज्यूले सञ्चालन गरेको स्कुल दुर्इ वर्ष पछि २०५३ सालको बैशाख २३ गतेदेखि आजको मितिसम्म मेरो नेतृत्वमा सञ्चालन हुदै आइरहेको कुरा जानकारी गराउँदछु । २२ वर्षको समय अवधिमा मेरो सोच र विचार तथा सम्पूर्ण शिक्षककर्मचारीको सक्रिय सहभागितामा यहाँसम्मको उचाइ लिन सफल भएको छ ।  २०५३ सालमा २४२ जना विद्यार्थी रहेको अवस्थाबाट यस शैक्षिक सत्रमा १०९७ जना विद्यार्थीहरू अध्ययनरत छन् भने २०५६ सालमा पहिलो एस्एलसी व्याच दिएको स्कुलले १८औँ व्याच उत्तीर्ण गर्न सफल भएका छौँ ।

विद्यालय तहको शिक्षा सस्थागत विद्यालयहरूले केही राम्रो गरेको अर्थात राम्रो गर्ने प्रयास सामुदायिक विद्यालयभन्दा गर्न खोजेको कुरा यथार्थ हो । हामीले पनि भाषा शिक्षण,विषयगत शिक्षण र अन्य अतिरिक्त क्रियाकलापमा राम्रो गर्दै आएका पनि छौ । ३ वर्षदेखि १६ वर्षसम्मका उमेरसमूहलार्इ भाषा र विषयगत ज्ञान दिनु त्यती सजिलो रहेनछ । दक्ष र अनुभवि शिक्षकको अभाव र शिक्षण पेशाप्रतिको आकर्षण नभएका कारण केही गर्न खोज्दा पनि हामीले चाहेजतिको नतिजा र आम अभिभावकलार्इ लगानी अनुसारको सन्तुष्टी दिन सकिरहेको अव्स्था छैन । राष्ट्रिय पाठ्यक्रम र अन्तराष्ट्रिय आवश्यकताअनुसार हामी आफैले तयार पारेका शिक्षकशिक्षिकामर्फत गुणस्तरीय शिक्षा दिने प्रयास हामीबाट जारी नै छ । शिक्षकशिक्षिकालार्इ समयको मागअनुसार विद्यालयले नै दक्ष र सक्षम मानविय संसाधन तयार पार्ने काम गर्दै आएका छौँ । निजी शिक्षालयमा शिक्षकको निरन्तरता र गुणस्तर बृद्धीका लागि विद्यालयले सेवासुविधा र तालिममा ध्यान दिदै आइरहेको छ । अवोध बालबालिकाको भविष्यमा खेलवाड गर्ने अधिकार नत अभिभावकसँग छ नत विद्यालयसँग छ भन्ने कुरामा हामी सचेत छौँ ।